Choto Khabar Logo

देउवाको भव्य स्वागतको तयारी, पाँच हजार नेता–कार्यकर्ता जुटाउने

२०८३ श्रावण २६
देउवाको भव्य स्वागतको तयारी, पाँच हजार नेता–कार्यकर्ता जुटाउने
कांग्रेस संस्थापनइतर समूहले साउन २८ गते नेपाल फर्कने देउवाको भव्य स्वागत गर्ने तयारी गरेको छ।
नेपाली कांग्रेसको संस्थापनइतर समूहले निवर्तमान सभापति शेरबहादुर देउवाको भव्य स्वागत गर्ने तयारी गरेको छ। साउन २८ गते नेपाल फर्कन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब पाँच हजार नेता–कार्यकर्ताले स्वागत गर्ने नेता एनपी साउदले बताए। राष्ट्रिय भेलाका लागि उपत्यकाबाहिरबाट काठमाडौं आएका तथा काठमाडौंमा रहेका प्रजातन्त्रवादीहरू विमानस्थल पुग्ने र देउवालाई धुम्बाराहीस्थित निवाससम्म स्कर्टिङ गर्ने तयारी छ।

Tags:

#छोटोखबर #नेपालीकांग्रेस #शेरबहादुरदेउवा #एनपीसाउद #कांग्रेसमहाधिवेशन #राष्ट्रियभेला #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू