एमालेद्वारा कारागारमा रहेका रायमाझीसहित उम्मेदवार सिफारिस
२०८२ पौष २२

नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका नेता टोबहादुर रायमाझीलाई नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँचीबाट उम्मेदवार सिफारिस गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका नेता टोबहादुर रायमाझीलाई एमालेले अर्घाखाँचीबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस गरेको छ। यससँगै जिल्ला अध्यक्ष पिताम्बर भुसाल, बिजुला रायमाझी, वमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम पनि सिफारिस गरिएको हो। लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला कमिटीको बैठकले सर्वसम्मत निर्णय गरेको हो। दलहरूले आगामी निर्वाचनका लागि उम्मेदवार घोषणा गर्ने क्रम जारी छ।
Tags:
#एमाले #टोबहादुररायमाझी #अर्घाखाँची #निर्वाचन#छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३