राहदानी छपाइ प्रकरणमा सार्वजनिक लेखा समितिको बैठक मंगलबार
२०८३ असार २८

राहदानी छपाइमा भएको भनिएको १० अर्बभन्दा बढीको अनियमितताबारे सार्वजनिक लेखा समितिले सम्बन्धित निकायसँग मंगलबार छलफल गर्ने भएको छ।
राहदानी छपाइ प्रक्रियामा देखिएको १० अर्ब १३ करोड रुपैयाँ बराबरको विवाद र अनियमितताबारे छलफल गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मंगलबार बिहान ९ बजे बैठक बोलाएको छ। सभापति भरतबहादुर खड्काका अनुसार परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीलाई उपस्थित हुन बोलाइएको छ। यसअघि समितिमा भ्रष्टाचारसम्बन्धी उजुरी र प्रश्न उठेपछि विस्तृत छलफल गर्न बैठक आह्वान गरिएको हो।
Tags:
#छोटोखबर #राहदानी #सार्वजनिकलेखासमिति #परराष्ट्रमन्त्रालय #राहदानीविभाग #भ्रष्टाचार #अनियमितता #संसद #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

