नेपाली कांग्रेसको नवनिर्वाचित टोली निर्वाचन आयोगमा
२०८२ माघ १

बिहीबार बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकपछि पदाधिकारीसहितको टोली निर्वाचन आयोग गएको हो।
गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पदाधिकारीसहितको टोली निर्वाचन आयोग पुगेको छ। नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकपछि समितिबारे जानकारी गराउन आयोग गएको नेताहरूले बताएका छन्। ललितपुरको कुपण्डोलमा बसेको बैठकको निर्णय बोकेर टोली आयोग पुगेको हो।
Tags:
#छोटोखबर #नेपालीकांग्रेस #गगनथापा #निर्वाचनआयोग #राजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



