स्वीडेनलाई हराउँदै फ्रान्स विश्वकपको अन्तिम १६ मा
२०८३ असार १७
फ्रान्सले स्वीडेनलाई ३–० ले हराउँदै अन्तिम १६ मा स्थान बनाउँदा एम्बाप्पे ६ गोलसहित मेसीसँग बराबरीमा पुगे।
साविक उपविजेता फ्रान्सले स्वीडेनलाई ३–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान बनाएको छ। कप्तान किलियन एम्बाप्पेले दुई तथा ब्राडली बारकोलाले एक गोल गरे। दुई गोलसँगै एम्बाप्पे विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा ६ गोलसहित लियोनल मेसीसँग बराबरीमा पुगेका छन्। अब फ्रान्सले पाराग्वेसँग खेल्नेछ।
Tags:
#फिफाविश्वकप२०२६ #फ्रान्स #किलियनएम्बाप्पे #स्वीडेन #पाराग्वे #विश्वकप #फुटबल #अन्तिम१६ #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्