सेयर बजारमा गिरावट, नेप्से २७४४ अंकमा झर्यो
२०८३ बैशाख १६

सेयर बजारमा व्यापक गिरावटसँगै नेप्से सूचक र कारोबार रकम दुवै घटेका छन्।
बुधबार सेयर बजार २५.८१ अंकले घट्दै नेप्से २७४४ मा झरेको छ। कारोबार रकम पनि ६ अर्ब ५३ करोडबाट घटेर ४ अर्ब ९८ करोडमा सीमित भयो। ३० कम्पनीको मूल्य बढ्दा २३५ घटे। उत्पादन समूह सबैभन्दा धेरै २.२४ प्रतिशतले घट्यो। कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य उच्च बढ्दा शिखर पावरको सबैभन्दा धेरै गिरावट देखियो।
Tags:
#छोटोखबर #सेयरबजार #नेप्से #आर्थिकसमाचार #लगानी #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

