कर्णालीका मुख्यमन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ
२०८३ श्रावण १३

मंगलबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार प्रदेश प्रमुख यज्ञराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। संविधानको धारा १६८ (२) अनुसार नियुक्त शाही नेकपा–नेपाली कांग्रेसबीचको नयाँ सत्ता समीकरणअनुसार मुख्यमन्त्री बनेका हुन्। उनी प्रदेश स्थापना भएयता पाँचौँ तथा दोस्रो कार्यकालका तेस्रो मुख्यमन्त्री हुन्।
Tags:
#छोटोखबर #कर्णालीप्रदेश #मुख्यमन्त्री #मंगलबहादुरशाही #प्रदेशसरकार #राजनीति #नेपालसमाचार #शपथ
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४