Choto Khabar Logo

अमेरिकाबाट एकैपटक ७५ नेपाली निष्कासित

२०८२ पौष ३
अमेरिकाबाट एकैपटक ७५ नेपाली निष्कासित
अमेरिकाद्वारा निष्कासित ७५ नेपाली काठमाडौँमा
अमेरिकाले गैरकानुनी रूपमा बसोबास गरिरहेका ७५ नेपालीलाई चार्टर्ड विमानमार्फत काठमाडौं पठाएको छ। उनीहरूलाई विभिन्न समयमा अमेरिकामा पक्राउ गरिएको थियो। अमेरिकी सरकारले निष्कासन तयारी गर्दा वासिङटनस्थित नेपाली दूतावासलाई जानकारी गराएको थियो। ट्रम्प प्रशासनको नयाँ आप्रवासन नीतिअनुसार अवैध बसोबास गर्ने आप्रवासीमाथि कारबाही जारी छ। अझै केही नेपाली हिरासतमा रहेका छन्।

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्