Choto Khabar Logo

एन्फा निलम्बनमा विगतकै हस्तक्षेप जिम्मेवार, सुधारमा सरकार प्रतिबद्ध

२०८३ असार १८
एन्फा निलम्बनमा विगतकै हस्तक्षेप जिम्मेवार, सुधारमा सरकार प्रतिबद्ध
सरकारले एन्फा निलम्बनको कारण विगतदेखिका हस्तक्षेप रहेको बताउँदै फुटबल प्रशासनमा सुधार र पारदर्शिता ल्याउने प्रतिबद्धता जनाएको छ।
सरकारले फिफाद्वारा एन्फामाथि लगाइएको निलम्बन वर्तमान सरकारको हस्तक्षेपका कारण मात्र नभई विगतदेखि हुँदै आएका सरकारी हस्तक्षेपको परिणाम भएको जनाएको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फामा भ्रष्टाचारसम्बन्धी उजुरीमाथि छानबिन समिति गठन गरिएको जानकारी दिँदै फिफा र एएफसीसँग संवाद अघि बढाइएको बताए। उनले एन्फालाई राजनीतिक भर्ती केन्द्र वा भ्रष्टाचारको अखडा बन्न नदिई नेपाली फुटबलको नेतृत्व सक्षम र खेलप्रति समर्पित व्यक्तिहरूलाई दिने सरकारको लक्ष्य रहेको बताए।

Tags:

#एन्फा #फिफा #नेपालीफुटबल #सस्मितपोखरेल #खेलकुद #फुटबलसुधार #राखेप #सुशासन #नेपालसमाचार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू