आज रातिदेखि निर्वाचन आचारसंहिता लागू
२०८२ माघ ४

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार, राजनीतिक दल, सञ्चारमाध्यम, सरकारलगायत सबै सरोकारवालाले निर्वाचन आचारसंहिता अनिवार्य रूपमा पालना गर्नुपर्ने हुन्छ।
निर्वाचन आयोगले आज राति १२ बजेपछि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ। आइतबार बसेको आयोग बैठकले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आचारसंहिता कार्यान्वयन गर्ने निर्णय गरेको हो। आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता मिति ६ माघ तोकेको छ।
Tags:
#निर्वाचनआयोग #आचारसंहिता #प्रतिनिधिसभा_निर्वाचन #चुनाव #राजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



