Choto Khabar Logo

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

२०८३ बैशाख १५
शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले शेखर गोल्छालाई पक्राउबारे स्पष्टता माग्दै २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ।
सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले यस्तो आदेश दिएको हो। साथै थुनामुक्त नगर्नुपर्ने कारण भए पेश गर्न निर्देशन दिएको छ। हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

Tags:

#सर्वोच्चअदालत #शेखरगोल्छा #न्यायपालिका #प्रहरीअनुसन्धान #नेपाल #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू