कामिरिता शेर्पाद्वारा सगरमाथाको कीर्तिमानी ३१ औं सफल आरोहण

admin admin
२०८२ असार ५
कामिरिता शेर्पाद्वारा सगरमाथाको कीर्तिमानी ३१ औं सफल आरोहण
प्रसिद्ध पर्वतारोही कामिरिता शेर्पाले मंगलबार बिहान सगरमाथाको शिखरमा कीर्तिमानी ३१ औं पटक पाइला टेकेका छन्।
प्रसिद्ध नेपाली पर्वतारोही कामिरिता शेर्पाले मंगलबार बिहान सगरमाथा शिखरमा ३१ औं पटक पुगेर आफैंको कीर्तिमान तोडेका छन्। ५५ वर्षीय शेर्पाले बिहान ४ बजे विश्वको सर्वोच्च शिखरमा पाइला टेकेको नेपाल पर्यटन बोर्डले जनाएको छ। उनले गत वर्ष २९ औं र ३० औं पटक सगरमाथा आरोहण गरेका थिए। सोलुखुम्बुको थामे गाउँमा जन्मिएका कामिरिता शेर्पा व्यवसायिक हिमाल गाइडका रूपमा काम गर्छन्।

Tags:

everest
nepali climbers
mountaineering
kami rita sherpa
record summit

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्