विश्व बैंकद्वारा नेपाललाई २५७ मिलियन डलर ऋण स्वीकृत

admin admin
२०८२ असार ५
विश्व बैंकद्वारा नेपाललाई २५७ मिलियन डलर ऋण स्वीकृत
विश्व बैंकले विद्युत् वितरण सेवामा सुधार र सिँचाइ सुविधामा सुधार गर्दै कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले नेपालका लागि २५७ मिलियन अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ। यो ऋण दुई परियोजनाका लागि २९ मेमा कार्यकारी सञ्चालकहरूको बोर्डले स्वीकृत गरेको हो।
इलेक्ट्रिसिटी सप्लाई रिलायबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट (१२० मिलियन डलर) को उद्देश्य कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत् वितरण प्रणाली सुदृढ गर्नु र प्रयोगकर्ताहरूलाई अझ भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्नु हो। नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा यो परियोजनाले नयाँ वितरण सबस्टेशनहरू निर्माण गर्ने, विद्यमान सञ्जालहरू स्तरोन्नति गर्ने, र रियल-टाइम अनुगमनका लागि स्वचालित प्रणाली लागू गर्नेछ। रानी जमरा कुलरिया सिँचाइ परियोजना तेस्रो चरण (१३७ मिलियन डलर) ले कैलाली जिल्लामा सिँचाइ सेवामा सुधार, वर्षभर सिँचाइ पहुँच विस्तार, कृषिमा उत्पादन वृद्धि र जलवायु सहनशीलता सुदृढ गर्ने लक्ष्य राखेको छ। नेपालको जलस्रोत तथा सिँचाइ विभाग र कृषि विभागद्वारा संयुक्तरूपमा कार्यान्वयन हुने यो परियोजनाले थप १७,५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउनेछ, जसबाट १,६०,००० मानिस लाभान्वित हुनेछन्। माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि क्षेत्रीय निर्देशक डेभिड सिसलेनले भने, “नेपालको दीगो विकासका लागि अविच्छिन्न विद्युत् आपूर्ति र पर्याप्त वर्षभरको सिँचाइ सेवा अत्यन्त महत्वपूर्ण आधार हुन्।” यी परियोजनाहरूले जलविद्युत्मार्फत उत्पादन हुने स्वच्छ ऊर्जा प्रवर्द्धनका साथै कृषकलाई एकीकृत कृषि सेवा प्रदान गर्ने र जलवायु तथा विपद् जोखिमप्रति सहनशीलता बढाउने उद्देश्य राखेका छन्।

Tags:

world bank
irrigation
agriculture
infrastructure
electricity

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

  • u
    user1f user1l 4 months ago

    test from.mobil

सम्बन्धित लेखहरू