नागरिकता प्रकरणमा वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ जेठ २५

झुटा कागजातका आधारमा छोरीलाई नागरिकता दिलाएको आरोपमा वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आफ्नी छोरीलाई झुटा कागजातका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दा खेप्नेमा रिता भट्टराई, तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेल तथा छानबिन समितिका संयोजक पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल रहेका छन्। गत साता पक्राउ परेका सिंह धरौटीमा रिहा भएका थिए।
Tags:
#राजेशमानसिंह #वीरगञ्जमहानगरपालिका #नागरिकताप्रकरण #भ्रष्टाचारमुद्दा #अख्तियार #पर्सा #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
