कांग्रेस टुक्रिएको छ, अब एकता आवश्यक छ : डा. शशांक कोइराला
२०८३ जेठ ३१

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी विभाजित अवस्थामा पुगेको भन्दै एकता र आन्तरिक सुधारको आवश्यकता औंल्याएका छन्।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कांग्रेस टुक्रिएको र कमजोर अवस्थामा पुगेको बताएका छन्। विराटनगरमा आयोजित संस्थापनइतर समूहको भेलामा उनले पार्टीभित्र एकता कायम गरी अघि बढ्नुपर्नेमा जोड दिए। रूढिवादी सोच त्यागेर आत्मसुधार आवश्यक रहेको उल्लेख गर्दै उनले डा. शेखर कोइरालाले पार्टी एकताको नेतृत्व गरिरहेको बताए।
Tags:
#नेपालीकांग्रेस #शशांककोइराला #शेखरकोइराला #पार्टीएकता #विराटनगर #नेपालराजनीति #कांग्रेस #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

