नेपालतर्फको बाढीपछि उद्धारमा जुट्न चिनियाँ राष्ट्रपति सीको निर्देशन
२०८३ भाद्र १०

नेपालमा बाढीबाट भएको क्षतिपछि चिनियाँ शीर्ष नेतृत्वले उद्धार, राहत र समन्वयलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ।
चीनको सीमावर्ती क्षेत्रबाट आएको बाढीले नेपालमा ठूलो क्षति पुर्याएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले खोज, उद्धार र राहत कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्। उनले बेपत्ताको खोजी, जोखिममा रहेकाको सुरक्षित स्थानान्तरण, घाइतेको उपचार तथा दोस्रो प्रकोप रोक्न प्रभावकारी कदम चाल्न जोड दिएका छन्। चिनियाँ प्रधानमन्त्री ली छियाङले पनि प्रभावित क्षेत्रको अवस्था बुझ्दै उद्धार तथा राहतका लागि सम्बन्धित निकाय र छिमेकी देशसँग समन्वय गर्न निर्देशन दिएका छन्।
Tags:
#छोटोखबर #बाढी #रसुवा #चीन #सीचिनफिङ #उद्धार #राहत #विपद्व्यवस्थापन #नेपालचीन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

चीनबाट ५० टन आपतकालीन राहत सामग्री काठमाडौं आइपुग्यो
२०८३ भाद्र १४