चीनबाट ५० टन आपतकालीन राहत सामग्री काठमाडौं आइपुग्यो
२०८३ भाद्र १४

चीनले नेपालका लागि पठाएको ५० टन आपतकालीन राहत सामग्री दुई कार्गो विमानमार्फत काठमाडौं आइपुगेको छ।
चीन सरकारले नेपाललाई उपलब्ध गराएको ५० टन आपतकालीन राहत सामग्री आज काठमाडौं आइपुगेको छ। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० कार्गो विमानमार्फत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो। राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, मन्त्री महावीर पुन र सांसद धर्म केसी उपस्थित थिए।
Tags:
#छोटोखबर #चीन #नेपाल #राहतसामग्री #आपतकालीनराहत #विपद्सहयोग #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


