Choto Khabar Logo

रास्वपाले समानुपातिकतर्फ ५७ सांसदको नाम टुंगो लगायो

२०८२ चैत्र १
रास्वपाले समानुपातिकतर्फ ५७ सांसदको नाम टुंगो लगायो
आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली प्रस्ताव गरिएको बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा जाने ५७ सांसदको नामावली टुंगो लगाएको छ। सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नाम अनुमोदन गरेको प्रवक्ता मनिष झाले बताए। सूचीमा खासआर्य १७, आदिवासी जनजाति १६, मधेशी ९, दलित ८, थारु ४ र मुस्लिम ३ जना छन्। नामावली आजै निर्वाचन आयोगमा बुझाइने छ भने आयोगले स्वीकृत गरेपछि मात्र सार्वजनिक गरिनेछ।

Tags:

#छोटोखबर #रास्वपा #समानुपातिक #सांसद #निर्वाचनआयोग #नेपालीराजनीति #प्रतिनिधिसभा

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू