Choto Khabar Logo

त्रिविको निमित्त उपकुलपतिमा प्राडा. बज्राचार्य नियुक्त

२०८३ बैशाख ३१
त्रिविको निमित्त उपकुलपतिमा प्राडा. बज्राचार्य नियुक्त
त्रिविमा पदाधिकारी रिक्त भएपछि प्राडा. सुशीलबहादुर बज्राचार्यलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ।
त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ। अध्यादेशमार्फत पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपतिले उनलाई जिम्मेवारी दिएका हुन्। यसअघि उपकुलपति दीपक अर्यालसहित शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिएका थिए। विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन भई आवेदन प्रक्रिया सुरु गरिएको छ।

Tags:

#छोटोखबर #त्रिवि #उपकुलपति #सुशीलबहादुरबज्राचार्य #शिक्षा #नेपालसमाचार #विश्वविद्यालय #नियुक्ति #त्रिभुवनविश्वविद्यालय

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्