प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित
२०८३ जेठ २५

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर जारी अवरोधबीच प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।
प्रतिनिधिसभा बैठक सोमबार १५ मिनेटका लागि स्थगित गरिएपछि विशेष कारण देखाउँदै मंगलबार दिउँसो साढे १ बजेसम्मका लागि सारिएको छ। प्रधानमन्त्री बालेन शाहले संसद्मा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले बैठक अवरुद्ध गर्दै आएका छन्। विपक्षीहरूले प्रधानमन्त्रीले संसद्मै आफ्नो भनाइ सच्याउनुपर्ने माग राखेका छन्।
Tags:
#छोटोखबर #प्रतिनिधिसभा #संसदअवरोध #बालेनशाह #नेपालराजनीति #सभामुख #संसद #विपक्षी #समाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


