विष्णु पौडेल पक्राउपछि एमाले संसदीय दलको बैठक जारी
२०८३ असार ९

उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि एमालेले संसदीय दल र सचिवालय बैठक बोलाएको छ।
नेकपा एमालेको संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ। अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्थाबारे सांसदहरूलाई ब्रिफिङ गरिरहेका छन्। उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ परेपछि बैठक बोलाइएको हो। एमालेले आज साँझ ६ बजे ओली निवास गुण्डुमा सचिवालय बैठकसमेत आह्वान गरेको छ।
Tags:
#छोटोखबर #नेकपाएमाले #केपीशर्माओली #विष्णुपौडेल #संसदीयदल #सचिवालयबैठक #राजनीति #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


