उपसभामुखमा रुबी कुमारी ठाकुरको उम्मेदवारी, रास्वपाले समर्थन गर्ने
२०८२ चैत्र २६

रुबी कुमारी ठाकुरको उपसभामुख उम्मेदवारीमा रास्वपाले समर्थन गर्ने निर्णय गरेको छ।
श्रम संस्कृति पार्टीबाट २५ वर्षीया रुबी कुमारी ठाकुरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन्। समानुपातिक सांसद ठाकुरलाई सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने निर्णय गरेको छ। रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले समर्थन पुष्टि गरेका छन्। उम्मेदवारी दर्ता बिहीबार बिहान ११ देखि दिउँसो २ बजेसम्म भएको हो।
Tags:
#छोटोखबर #उपसभामुख #रुवीकुमारीठाकुर #श्रमसंस्कृतिपार्टी #रास्वपा #संसद #राजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


