बालेन शाहको मनोनयन दर्ता
२०८२ माघ ६

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसमेत रहेको झापा–५ मा शाहको उम्मेदवारीलाई राजनीतिक वृत्तले विशेष महत्त्वका साथ हेरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका छन्। समर्थक र बाजागाजासहित पुगेका शाहलाई ठाउँ–ठाउँमा कलससहित स्वागत गरिएको थियो। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर उनी सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्।
Tags:
#छोटोखबर #बालेनशाह #रास्वपा #मनोनयनदर्ता #निर्वाचन #राजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



