ज्येष्ठ सदस्य केसीद्वारा पदभार ग्रहण, सांसदलाई शपथ गराउने तयारी
२०८२ चैत्र ११

केसीले राष्ट्रपतिबाट सपथ लिएपछि चैत १२ गते बिहीबार प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथपछि संसद् सचिवालयमा पदभार ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका उनले अब चैत १२ गते २७४ सांसदलाई शपथ गराउनेछन्। सभामुख चयन नभएसम्म बैठकको अध्यक्षता पनि उनले गर्नेछन्। ७८ वर्षीय केसी समानुपातिक प्रणालीबाट निर्वाचित भएका हुन्।
Tags:
#छोटोखबर #अर्जुननरसिंहकेसी #प्रतिनिधिसभा #संसद् #शपथग्रहण #नेपालराजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



