एमालेको कडा निर्णय: चुनावमा असहयोग गर्नेमाथि कारबाही
२०८३ बैशाख १३

एमालेले चुनावमा असहयोग र अनुशासन उल्लंघन गर्नेमाथि कारबाही कडाइ गर्ने निर्णय गरेको छ।
नेकपा एमालेले चुनावमा असहयोग गर्ने नेतामाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। वैशाख १० मा बसेको समन्वय बैठकले यस्तो निर्णय गरेको हो। महासचिव शंकर पोखरेलद्वारा जारी निर्देशनमा अनुशासन उल्लंघन र अन्य पार्टीलाई सहयोग गर्नेमाथि कारबाही गरिने उल्लेख छ। साथै मृत, पार्टी त्यागेका र दोहोरो सदस्यता भएकाको नाम अभिलेखबाट हटाइने निर्णय गरिएको छ।
Tags:
#छोटोखबर #एमाले #राजनीति #नेपालसमाचार #निर्वाचन #पार्टीअनुशासन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


