रास्वपा महाधिवेशन नसकिँदा प्रतिनिधिसभा बैठक फेरि स्थगित
२०८३ असार १२

रास्वपा महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभा बैठक शनिबारसम्मका लागि स्थगित गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन सम्पन्न नभएपछि प्रतिनिधिसभा बैठक पुनः स्थगित गरिएको छ। बिहीबारका लागि बोलाइएको बैठक यसअघि दिउँसो १ बजेसम्म सारिएको थियो। महाधिवेशन अझै नसकिएकाले सभामुख डोलप्रसाद अर्यालले सूचना टाँस गर्दै बैठक अब शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।
Tags:
#प्रतिनिधिसभा #रास्वपा #महाधिवेशन #संसद् #डोलप्रसादअर्याल #नेपालराजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


