दुर्गा प्रसाईं र धवलशमशेर राणा समूहबीच एकता, नयाँ पार्टी बनाउने घोषणा
२०८३ जेठ २२

दुर्गा प्रसाईं र धवलशमशेर राणा समूहले एकता गर्दै नयाँ राजनीतिक पार्टी गठन गर्ने घोषणा गरेका छन्।
दुर्गा प्रसाईंको नागरिक बचाउ अभियान र राप्रपाका निवर्तमान महामन्त्री धवलशमशेर राणा समूहबीच एकता भएको छ। राष्ट्रवाद, सनातन हिन्दु अधिराज्य र पृथ्वीनारायण शाहको दिव्योपदेशलाई आधार बनाएर नयाँ राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरिएको छ। दुवै पक्षले आफूलाई पुराना शक्तिको विकल्पका रूपमा प्रस्तुत गर्दै रास्वपाको विकल्प खोज्ने बताएका छन्। नयाँ पार्टीको नाम भने अझै तय गरिएको छैन।
Tags:
#छोटोखबर #दुर्गाप्रसाईं #धवलशमशेरराणा #नयाँपार्टी #राप्रपा #राष्ट्रवाद #नेपालराजनीति #सनातनहिन्दु #समाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


