Choto Khabar Logo

कर चलखेल प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार : अर्थमन्त्री वाग्ले

२०८३ जेठ २८
कर चलखेल प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री स्वर्णिम वाग्लेले कर चलखेलको आरोप प्रमाणित भए सार्वजनिक जीवनबाट अलग हुने घोषणा गर्नुभएको छ।
करका दरमा चलखेल गरेको विपक्षी आरोपबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रमाण सार्वजनिक गर्न चुनौती दिनुभएको छ। सार्वजनिक लेखा समितिको बैठकमा उहाँले कसैले अनुचित लाभ लिएको वा राजश्वमा क्षति पुगेको प्रमाणित भए जिम्मेवारी लिन तयार रहेको बताउनुभयो। दुई अर्ब मात्र होइन, दुई रुपैयाँ बराबरको बदमासी पुष्टि भए सार्वजनिक जीवन नै त्याग्ने घोषणा उहाँले गर्नुभयो।

Tags:

#स्वर्णिमवाग्ले #अर्थमन्त्री #करचलखेल #सार्वजनिकलेखासमिति #राजश्व #राजनीति #नेपाल #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू