बैंकक नजिक रेल दुर्घटना: २२ को मृत्यु, ७९ घाइते
२०८२ पौष ३०

एउटा उच्च गतिको रेल मार्ग निर्माण भइरहेको स्थान मुनिबाट गुडिरहेको बेला माथि काम गरिरहेको क्रेन भत्किएर रेलमा खसेको थियो ।
थाइल्यान्डको राजधानी बैंकक नजिक बुधबार बिहान गुडिरहेको रेलमा निर्माणस्थलको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७९ जना घाइते भएका छन्, आठ जनाको अवस्था गम्भीर छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार मृतक संख्या बढ्न सक्ने आशंका छ । रेलमा १९५ यात्रु सवार थिए ।
Tags:
#थाइल्यान्ड #बैंकक #रेलदुर्घटना #अन्तर्राष्ट्रियसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्