रास्वपाको बन्द सत्र भरतपुरमा सुरु,वरिष्ठ नेता शाह अनुपस्थित
२०८३ असार ९

प्राविधिक कारणले एक दिन ढिलाइ भएको रास्वपाको बन्द सत्र आज भरतपुरमा सुरु भएको छ।
चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र आज सुरु भएको छ। हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँदै कार्यक्रम एक दिन पछि सारिएको थियो। बन्द सत्रमा सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू सहभागी भएका छन्। प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह भने हालसम्म सत्रमा उपस्थित भएका छैनन्।
Tags:
#छोटोखबर #रास्वपा #रविलामिछाने #बालेनशाह #भरतपुर #चितवन #महाधिवेशन #राजनीति #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


