Choto Khabar Logo

अमेरिका–इरान वार्ता सकारात्मक, ऊर्जा पूर्वाधारमा आक्रमण स्थगित

२०८२ चैत्र ९
अमेरिका–इरान वार्ता सकारात्मक, ऊर्जा पूर्वाधारमा आक्रमण स्थगित
राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तापछि इरानका ऊर्जा प्लान्टमा तत्काल आक्रमण नगर्ने र कम्तीमा ५ दिनका लागि स्थगित गरिएको जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पछिल्लो वार्ता अत्यन्त सकारात्मक र उपलब्धिमूलक भएको बताएका छन्। मध्यपूर्वमा जारी तनाव समाधानका लागि ‘रचनात्मक’ छलफल भएको उल्लेख गर्दै उनले इरानका ऊर्जा पूर्वाधारमा हुने सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएका छन्। वार्ता यसै हप्ताभरि जारी रहने र कूटनीतिक पहललाई तीव्रता दिइएको जनाइएको छ।

Tags:

#छोटोखबर #अमेरिका #इरान #अन्तर्राष्ट्रियसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू