धनुषा–१ मा रिट सुनुवाइपछि किशोरी साहको पेसी तोक्न आदेश
२०८२ फाल्गुण २९

अघिल्लो रिटमा न्यायाधीश सुवेदी संलग्न रहेकाले, बिहीबार जारी अन्तरिम आदेशको सुनुवाइ अर्को इजलासमा गर्ने आदेश भएको छ।
धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी किशोरी साह कमलको उमेदवारी रद्दको विरोधमा दायर रिटमा सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइपछि अर्को इजलासमा पेसी तोक्न आदेश दिएको छ। आयोगले उनलाई कालोसूचीमा परेर योग्य नभएको भन्दै रद्द गरेको थियो र उनका प्रतिस्पर्धी मातृकाप्रसाद यादव विजयी घोषित भइसकेका छन्। रास्वपाको चुनाव चिह्न घण्टीमा भने उल्लेख्य मत परेको छ।
Tags:
#छोटोखबर #धनुषा१ #किशोरीसाह #रास्वपा #सर्वोच्चअदालत #निर्वाचनसमाचार #नेपालराजनीति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


