कांग्रेसले बासना थापालाई प्रमुख सचेतक बनायो
२०८३ बैशाख १४
कांग्रेसले संसदीय दलमा बासना थापालाई प्रमुख सचेतक र निश्कल राईलाई सचेतक बनाउँदै युवा नेतृत्व अघि सारेको छ।
नेपाली कांग्रेसले बासना थापालाई संसदीय दलको प्रमुख सचेतक चयन गरेको छ। सोमबार बसेको बैठकले दैलेख–१ की सांसद थापालाई जिम्मेवारी दिएको हो। त्यस्तै इलाम–१ का निश्कल राई सचेतक बनेका छन्। पार्टीले युवा नेतृत्वलाई प्राथमिकता दिएको छ। यसअघि भीष्मराज आङ्देम्बे संसदीय दलको नेता चयन भएका थिए।
Tags:
#नेपालीकांग्रेस #संसदीयदल #राजनीति #युवानेतृत्व #सचेतक #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


