ई–पासपोर्ट प्रकरणमा आरजु राणामाथि अनुसन्धान, अख्तियारले बयानका लागि म्याद तामेल गर्यो
२०८३ असार ४

ई–पासपोर्ट खरिदमा अनियमितताको आशंकासँगै अख्तियारले पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा ल्याएर बयानका लागि बोलाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरणमा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई अनुसन्धानको दायरामा ल्याएको छ। आयोगको टोलीले बूढानीलकण्ठस्थित निवासमा बयानका लागि उपस्थित हुन म्याद तामेल गरेको हो। ठेक्का प्रक्रियामा अनियमितता र परिवारसँग निकट व्यक्तिहरूको संलग्नताबारे अनुसन्धान भइरहेको छ। हाल करिब ४० जनामाथि छानबिन जारी रहेको अख्तियारले जनाएको छ।
Tags:
#छोटोखबर #ईपासपोर्टप्रकरण #आरजुराणादेउवा #अख्तियार #भ्रष्टाचारअनुसन्धान #राहदानीविभाग #नेपालसमाचार #राजनीति #सुशासन #ताजाखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
