कृष्णभीरको पहिरोले नागढुंगा–मुग्लिन सडक तत्काल खुल्ने सम्भावना न्यून
२०८३ भाद्र १५

कृष्णभीरमा ठूलो क्षति पुगेकाले नागढुंगा–मुग्लिन सडक दशैंअघि सञ्चालनमा आउने सम्भावना न्यून देखिएको छ।
त्रिशूली नदीको बाढीसँगै कृष्णभीरमा खसेको ठूलो पहिरोका कारण नागढुंगा–मुग्लिन सडक तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। सडकमा गम्भीर क्षति पुगेकाले स्थायी पुनर्निर्माण आवश्यक पर्ने सडक योजनाले जनाएको छ। अध्ययन, डिजाइन र टेन्डर प्रक्रियाका कारण दशैंअघि सडक खुल्ने सम्भावना न्यून रहेको अधिकारीहरूको भनाइ छ। यसबीच यात्रु तथा मालवाहक सवारीका लागि वैकल्पिक मार्ग खोजी भइरहेको छ।
Tags:
#छोटोखबर #नागढुंगामुग्लिन #कृष्णभीर #पहिरो #त्रिशूलीबाढी #सडकअवरोध #वैकल्पिकमार्ग #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


