Choto Khabar Logo

नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा

२०८२ माघ ९
नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा
उम्मेदवारको पृष्ठभूमि, स्वभाव, योगदान, योग्यता र भावी भिजनका आधारमा प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरिएको बताइएको छ।
नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। केन्द्रीय कार्यसमिति बैठकले उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव पारित गर्दै थापाले परिवर्तित समयलाई संयम, परिपक्वता र गतिशील नेतृत्वमार्फत सम्बोधन गर्न सक्ने निष्कर्ष निकालेको छ। कांग्रेसले यसलाई विशिष्ट परिस्थितिको उत्तरका रूपमा लिएको जनाएको छ।

Tags:

#छोटोखबर #नेपालीकांग्रेस #गगनथापा #प्रधानमन्त्रीउम्मेदवार #नेपालीराजनीति #कांग्रेस

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू