मन्त्रिपरिषद् विस्तार: दुई नयाँ मन्त्री नियुक्त
२०८२ चैत्र २७

प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले गौरीकुमारी यादवलाई उद्योगमन्त्री र रामजी यादवलाई श्रममन्त्री नियुक्त गरेका छन्। दुवै रास्वपाका सांसद हुन्। श्रममन्त्रीबाट दीपककुमार साह हटाइएपछि रामजी नियुक्त भएका हुन् भने उद्योग मन्त्रालय खाली रहेपछि गौरीकुमारीलाई जिम्मेवारी दिइएको हो। दुवैले आज शपथ लिनेछन्। यससँगै मन्त्रिपरिषद् १६ सदस्यीय बनेको छ र एक पद अझै खाली छ।
Tags:
#छोटोखबर #मन्त्रिपरिषद् #रास्वपा #नेपालराजनीति #गौरीकुमारीयादव #रामजीयादव
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


