दाहालको आरोप : सरकार संविधान र गणतन्त्रमाथि प्रहारमा
२०८३ असार २१

दाहालले सरकारले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर पार्दै नागरिकका संवैधानिक अधिकार खोस्न खोजेको आरोप लगाए।
प्रतिपक्षी दल नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने दिशामा अघि बढिरहेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकार सुशासन र विकासभन्दा अधिकार कटौतीतर्फ केन्द्रित रहेको दाबी गरे। महिला, दलित, आदिवासी र जनजातिले संविधानबाट प्राप्त गरेका अधिकार खोस्ने प्रयास भइरहेको उनको भनाइ थियो।
Tags:
#छोटोखबर #नेकपा #पुष्पकमलदाहाल #सरकार #संविधान #संघीयगणतन्त्र #राजनीति #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


