इन्धनको दोहोरो कर घटाएर ग्यासमा राहत दिन एमालेको माग
२०८३ जेठ ७

एमालेले इन्धन कर घटाएर जनतालाई राहत र किसानलाई मल उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
एमालेले इन्धनमा लगाइएको दोहोरो कर घटाएर ग्यासमा राहत दिन सरकारसँग माग गरेको छ । प्रतिनिधिसभामा एमाले उपनेता पद्मा अर्यालले महँगीले प्रभावित जनतालाई राहत प्याकेज ल्याउन आग्रह गरिन् । उनले गरिब, श्रमिक र मध्यम वर्गलाई सहुलियत दिन तथा स्थानीय तहसँग समन्वय गरी किसानलाई रासायनिक मल उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराइन् ।
Tags:
#एमाले #पद्माअर्याल #इन्धन #महँगी #किसान #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्