स्थानीय तहको केन्द्र परिवर्तनमा सर्वोच्चको हस्तक्षेप अस्वीकार
२०८२ माघ २२

गाउँसभाको सिफारिस कार्यान्वयन भइनसकेको र विषय कार्यपालिकामा विचाराधीन रहेकाले सर्वोच्च अदालतले विवादमा प्रवेश गर्न अस्वीकार गरेको हो।
सर्वोच्च अदालतले सरकारबाट अन्तिम निर्णय नभएसम्म स्थानीय तहको केन्द्र परिवर्तनसम्बन्धी विषयमा न्यायिक हस्तक्षेप गर्न नमिल्ने फैसला गरेको छ। गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र सार्ने सिफारिस कार्यान्वयन नभएकाले विवादमा प्रवेश नगरेको अदालतले स्पष्ट पारेको छ।
Tags:
#छोटोखबर #सर्वोच्चअदालत #स्थानीयतह #केन्द्रपरिवर्तन #न्यायिकफैसला #इस्मागाउँपालिका #कानुनीसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३