Choto Khabar Logo

नेपाल वायु सेवा निगमको पदाधिकारी छनोट प्रक्रियामा सर्वोच्चको रोक

२०८३ जेठ २२
नेपाल वायु सेवा निगमको पदाधिकारी छनोट प्रक्रियामा सर्वोच्चको रोक
सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट प्रक्रिया तत्काल अघि नबढाउन आदेश दिएको छ।
नेपाल वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट प्रक्रियामा सर्वोच्च अदालतले अन्तरिम रोक लगाएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सदस्य तथा अध्यक्ष चयन प्रक्रिया अघि नबढाउन आदेश दिएको हो। सरकारले प्रतिस्पर्धामार्फत पदाधिकारी नियुक्त गर्ने तयारी गरिरहेको अवस्थामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र छनोट समितिका नाममा आदेश जारी भएको हो।

Tags:

#छोटोखबर #नेपालवायूसेवानिगम #सर्वोच्चअदालत #नियुक्तिप्रक्रिया #नागरिकउड्डयन #पर्यटनमन्त्रालय #न्यायपालिका #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू