प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्छ : हर्कराज राई
२०८३ जेठ ७

हर्कराज राईले प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् ।
श्रम संस्कृति पार्टीका नेता हर्कराज राईले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा उनले गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर प्रधानमन्त्रीले नै दिनुपर्ने माग गरे । प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने उल्लेख गर्दै उनले कर्तव्य पूरा गर्न नसके मार्ग प्रशस्त गर्न सुझाव समेत दिएका छन् ।
Tags:
#हर्कराजराई #प्रधानमन्त्री #प्रतिनिधिसभा #संसद् #नेपालराजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


