लामिछानेको सांसदलाई निर्देशन: जिम्मेवार र विश्वासिलो व्यवहार देखाउनुस्
२०८२ चैत्र ४

पुराना राजनीतिक दलहरूले जस्तै आफूलाई केन्द्रमा राखेर राजनीति गरे रास्वपाको हविगत पनि उनीहरूको भन्दा नराम्रो हुने सभापति लामिछानेले चेतावनी दिएका छन्।
रास्वपा सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित सांसदहरुलाई आक्रामक शैली त्यागेर शान्त, जिम्मेवार र विश्वासिलो व्यवहार देखाउन निर्देशन दिएका छन्। दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले सांसदहरूलाई जनताको सेवक बन्न, निजी स्वार्थ त्याग्न र सरकारी काममा अनुशासन पालना गर्न उनले आग्रह गरेका हुन् । उनले विपक्षीमाथि तुच्छ शैली प्रयोग नगर्न, सामाजिक सञ्जालमा उत्तेजना रोक्न र लगानीकर्तालाई विश्वास दिलाउन पनि अपिल गरे। लामिछानेले संविधानप्रति आस्था कायम राख्दै रास्वपाका सांसदलाई सतर्क र जिम्मेवार बन्न सुझाए।
Tags:
#रास्वपा #लामिछाने #सांसद #नेतृत्व #अनुशासन #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



