कतारका प्रधानमन्त्रीसँग सुशीला कार्कीको टेलिफोन वार्ता
२०८२ फाल्गुण २१

प्रधानमन्त्री कार्कीले कतारप्रति ऐक्यबद्धता जनाउँदै गैरसैनिक क्षेत्रमा भएको आक्रमणप्रति चिन्ता व्यक्त गरिन् र कतारले रचनात्मक रूपमा वर्तमान परिस्थितिको सामना गर्न सक्षम हुने विश्वास व्यक्त गरिन्।
प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्दै पश्चिम एसियाको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गरेकी छन्। उनले कतारमा रहेका करिब ३ लाख ६० हजार नेपालीको सुरक्षा सुनिश्चित गरिएकोमा धन्यवाद दिइन्। वार्तामा द्वन्द्वको समाधान संवाद र कूटनीतिबाट मात्र सम्भव हुने तथा नेपाल–कतार सम्बन्ध अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको बताइएको छ।
Tags:
#सुशीलाकार्की #कतार #नेपालकतारसम्बन्ध #कूटनीति #नेपालीप्रवासी #अन्तर्राष्ट्रियसमाचार #राजनीति#छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



