त्रिवि सेवा आयोग अध्यक्ष नियुक्तिप्रति प्राध्यापक संघको असहमति
२०८३ असार १९

त्रिवि प्राध्यापक संघले सेवा आयोग अध्यक्षमा किशोर थापाको नियुक्तिलाई गैर–प्राज्ञिक र राजनीतिक भन्दै विरोध जनाएको छ।
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापाको नियुक्तिप्रति असहमति जनाएको छ। संघले सेवा आयोगजस्तो विशुद्ध प्राज्ञिक संस्थामा गैर–प्राज्ञिक तथा दलीय पृष्ठभूमिका व्यक्तिलाई नियुक्त गर्नु विश्वविद्यालयको स्वायत्तता, प्राज्ञिक स्वतन्त्रता र संस्थागत गरिमाविपरीत भएको जनाएको छ। सरकारले राजनीति मुक्त उच्च शिक्षाको नारा विपरीत काम गरेको आरोप लगाउँदै संघले भविष्यमा यस्ता नियुक्ति नगर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ।
Tags:
#त्रिभुवनविश्वविद्यालय #त्रिविसेवाआयोग #प्राध्यापकसंघ #किशोरथापा #उच्चशिक्षा #प्राज्ञिकस्वतन्त्रता #विश्वविद्यालय #शिक्षा #नेपाल #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


