लगातार दोस्रो दिन बढ्यो नेप्से, १५ अंकको छलाङ
२०८३ भाद्र १७

लगातार दोस्रो दिन बढेको नेप्से बुधबार १५.४४ अंकले उक्लँदै २,५३८ विन्दुमा पुगेको छ।
बुधबार सेयर बजार १५.४४ अंकले बढ्दै नेप्से परिसूचक २,५३८ अंकमा पुगेको छ। लगातार दोस्रो दिन बजारमा वृद्धि हुँदा कारोबार रकम पनि सामान्य बढेर २ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। १९३ कम्पनीको सेयर मूल्य बढ्दा ७५ कम्पनीको घटेको छ। उपकार लघुवित्तको मूल्य सर्वाधिक ११.८७ प्रतिशतले बढेको छ।
Tags:
#छोटोखबर #नेप्से #सेयरबजार #शेयरबजार #लगानी #कारोबार #अर्थतन्त्र #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

