विपद्पीडितलाई कागजातबिनै बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन
२०८३ भाद्र १७

विपद्मा बैंकिङ सामग्री र कागजात गुमाएका पीडितले बैंकको अभिलेखका आधारमा सहज रूपमा आवश्यक वित्तीय सेवा पाउने भएका छन्।
भोटेकोशी बाढीलगायत प्राकृतिक विपद्मा चेक, एटीएम कार्ड, मोबाइल र आवश्यक कागजात गुमाएका पीडितलाई सहज बैंकिङ सेवा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। बैंकहरूले आफ्नै अभिलेखमा रहेको पुरानो हस्ताक्षर, फोटो तथा अन्य विवरणका आधारमा ग्राहकको पहिचान यकिन गरी आवश्यक सेवा दिन सक्नेछन्।
Tags:
#छोटोखबर #नेपालराष्ट्रबैंक #बैंकिङसेवा #विपद्पीडित #भोटेकोशीबाढी #प्राकृतिकविपद् #वित्तीयसेवा #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

लगातार दोस्रो दिन बढ्यो नेप्से, १५ अंकको छलाङ
२०८३ भाद्र १७
