ओली र लेखक हाजिरी जमानीमा रिहा
२०८२ चैत्र २६

सर्वोच्च अदालतको आदेशपछि पक्राउ परेका ओली र लेखक हाजिरी जमानीमा रिहा भई थुनामुक्त भएका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ। आवश्यक पर्दा उपस्थित हुने सर्तमा उनीहरूलाई पत्नीहरूको जिम्मामा छाडिएको हो। सर्वोच्च अदालतको आदेशपछि सरकारी वकिलको पत्रका आधारमा रिहा गरिएको प्रहरीले जनाएको छ। प्रहरी हिरासतबाट मुक्त भए पनि पत्थरीको उपचार जारी रहेकाले पूर्वप्रधानमन्त्री ओली भने सोमबार मात्र शिक्षण अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ।
Tags:
#छोटोखबर #ओली #रमेशलेखक #रिहाइ #सर्वोच्चअदालत #नेपालराजनीति #समाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३