Choto Khabar Logo

ओली पक्राउ: नयाँ सरकार बनेको १८ घण्टामै कारबाही

२०८२ चैत्र १४
ओली पक्राउ: नयाँ सरकार बनेको १८ घण्टामै कारबाही
नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको छ। बालेन्द्र साह नेतृत्वमा नयाँ सरकार गठन भएको १८ घण्टाभित्रै यो कारबाही भएको बताइएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो। ओली सरकारकै समयमा भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो।

Tags:

#छोटोखबर #केपीशर्माओली #ओलीपक्राउ #नेपालराजनीति #ब्रेकिङन्यूज #सरकारपरिवर्तन #जेनजीआन्दोलन

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू