Choto Khabar Logo

स्याङ्जामा जिप दुर्घटना : एकको मृत्यु, २० जना घाइते

२०८३ असार १२
स्याङ्जामा जिप दुर्घटना : एकको मृत्यु, २० जना घाइते
स्याङ्जामा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र २० जना घाइते भएका छन्।
स्याङ्जाको वालिङ–७ मा यात्रुवाहक बलेरो जिप दुर्घटना हुँदा २५ वर्षीय राजेन्द्र बिरकट्टाको मृत्यु भएको छ। २२ जना सवार जिप पल्टिँदा २० जना घाइते भएका छन्। अधिकांश घाइतेलाई थप उपचारका लागि पोखरा र बुटवल पठाइएको छ। चालक मिनबहादुर सारूलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।

Tags:

#स्याङ्जा #जिपदुर्घटना #सडकदुर्घटना #नेपालसमाचार #पोखरा #प्रहरीअनुसन्धान #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू